× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा फेरि सडक अवरुद्ध

    १ वर्ष पहिले

    असार-१६, नारायणगढ–मुग्लिन सडकखण्डमा पुन पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

    चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन देखि २ किलोमिटर नारायणगढ तर्फ तुईन खाेला नजिक तीन नम्बर पुलमा राती ३ बजे पुन पहिरो जाँदा सडक बन्द भएको हो।

    सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको छ ।

    अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

    देशको सबैभन्दा व्यस्त राजमार्गको रूपमा रहेको सडकमा दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।