× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नारायणगढ मुग्लिन सडकखण्डमा फेरि गयो ठुलो पहिरो

    १ वर्ष पहिले

    असार-१७,नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोला नजिक फेरि ठुलो पहिरो खस्दा सडक पुर्णरुपमा अवरुद्ध भएको छ।

    चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन देखि २ किलोमिटर नारायणगढ तर्फ तुईन खाेला नजिक तीन नम्बर पुलमा राती ११ बजे फेरि ठुलो पहिरो जाँदा सडक बन्द भएको हो।

    सोही स्थानमा पटक पटक पहिरो खसेर सडक अवरुद्ध हुँदा हजारौं यात्रीहरु अलपत्र परेका छन्।

    यसपटक कै सबैभन्दा ठूलो पहिरो खसेको हुँदा पहिरो पन्छाउन समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।