× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राजाको छोराको बिहेमा सार्वजनिक बिदा

    १ वर्ष पहिले

    असार-१७, राजाको छोराको बिहेमा मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सार्वजनिक बिदा दिइएको छ ।

    लोमान्थाङ गाउँपालिकाले सोमबार (भोलि) पालिका अन्तर्गत सबै कार्यालय र शिक्षण संस्थामा सार्वजनिक बिदा दिएको छ । मुस्ताङका ‘राजा’ झिग्मी सिङ्गी पलवर बिष्टका जेठो छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर बिष्टको बिहेका लागि बिदा दिइएको पालिकाले जनाएको छ ।

    गाउँपालिकाले सूचना जारी गर्दै लोमान्थाङ क्षेत्रमा विविध कार्यक्रमका साथ विवाह उत्सव मनाउन लागिएकोले पालिका भरि विदा दिइएको हो ।

    लोमान्थाङमा अझै पनि पलवर बिष्टलाई राजाको उपाधि दिई विभिन्न धार्मिक तथा सांस्कृतिक उत्सवहरुमा सम्मान दिने गरिएको छ ।