× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फेरि अवरुद्ध भयो नारायणगढ मुग्लिन सडकखण्ड

    १ वर्ष पहिले

    असार-१८, बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि बन्द भएको छ ।हिजो बेलुकीदेखि दुईतर्फी खुलेको सडक राति दुई बजेदेखि फेरि बन्द भएको छ ।

    शनिवार राति ११ बजेबाट बन्द भएको सडक १९ घण्टा पछि पहिरो पन्छाएर सडक सुचारु भैरहेको बेला तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

    पहिरोसँगै खसेको ढुंगाले लागेर एउटा ट्रक सडक छेउमा पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका र उनको मुग्लिनमा उपचार छ । पहिरोसँगै सडक छेउमा पल्टेको ट्रक हटाएपछि मात्रै गाडी सञ्चालन हुन सक्छ ।

    पहिरो पन्छाउने डोजर तैनाथ अवस्थामा रहे पनि ट्रक हटाउने क्रेन पुग्न बाँकी रहेकाले सडक खुल्न समय लाग्ने भएको छ ।

    छिनछिनमा भारि वर्षा हुने र पहिरो झरिरहने भएकोले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउँदा पनि जोखिम कायमै रहने भएकाले मुग्लिन–नारायणगढ सडक खण्डमा सावधानीपूवर्क गाडी चलाउन इलाका प्रहरी कार्यालय मुग्लिनका कार्यालय प्रमुख विशाल तामाङले अनुरोध गरेको छ ।