× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज एसईई को नतिजा सार्वजनिक गर्ने तयारी

    १ वर्ष पहिले

    असार -२१, राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

    बोर्डको उच्च सूत्रका अनुसार नतिजा प्रकाशन गर्न सबै तयारी पूरा गरिएको छ र आजका लागि बोर्ड बैठक डाकिएको छ ।

    “जटिल कुनै समस्या नआए आज नतिजा सार्वजनिक गर्नेछौँ” उच्च सूत्रले भने । एसईईको नतिजा सार्वजनिक भए लगतै see.edusanjal.com बाट हेर्न सकिने छ ।

    २०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । त्यसका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो ।

    बोर्डले लेटर ग्रेडिँग निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएको छ । २०७८ पुस ७ गते निर्देशिका जारी गरिएको थियो । त्यसलगत्तै फागुन १७ गते पहिलो संशोधन गरिएको थियो । संशोधनअनुसार यसपटक साविककै प्रावधानअनुसार नतिजा सार्वजनिक गरिनेछ । न्यूनतम ३५ प्रतिशत नल्याए अवर्गीकृत उल्लेख गर्ने व्यवस्था २०८० सालको एसईईदेखि मात्र कार्यान्वयनमा आउने छ ।