× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना केबुलकारको टिकट दर १०% ले वृद्धि

    १ वर्ष पहिले

    आषाढ ३१, मुग्लिन ।

    नेपालको पहिलो र सबैभन्दा लामो दुरीको मनकामना केवुलकारले आफ्नो २५ अ‍ौं बार्षिक उत्सबको पूर्व सन्ध्यामा केवुलकारको टिकट दरमा आंशिक बृद्धि गरेको छ । हाल बिधुत् महशुलको भार, मर्मतसम्भारमा बढेको खर्च लगाएतको विविध कारणले टिकटदरमा आंशिक समायोजन अपरिहार्य देखिएकोले थोरै समायोजन गरिएको स्टेशन नायब महाप्रबन्धक उज्वल शेरचनले बताउनु भयो । मर्मत सम्भारमा कुनै पनि प्रकारको सम्झौता नगरे कारण स्पेयर पार्टस निर्माण कम्पनी युरोपबाट आयात गर्नुपर्ने तथा कम्पनीले पहिलो प्राथमिकता सुरक्षालाई दिएको जसको कारण खर्च अधिक हुँदा टिकटको मुल्य वृद्धि हुन गएको नायव महाप्रबन्धक शेरचनले बताउनुभयो । कम्पनीले भोली श्रावण १ गते देखि लागु हुने गरी टिकटको दर १० प्रतिशतले वृद्धि गरेको छ । टिकट दर वृद्धि पछि मुल्य निम्नानुसार हुनेछ :
    नेपाली नागरिकको लागि
    सामान्य : रु. ७७०
    बालबालिका : रु. ४६०
    विद्यार्थी : रु. ५७५
    जेष्ठ नागरिक : रु. ५४०
    अपाङ्ग : रु. ३८५
    बोका : रु. २७५
    भारतीय नागरिकको लागि
    सामान्य : भा.रु.६७०।–
    बालबालिका : भा.रु. ४००।–