× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जुम्लाको गुठिचौर गाउँपालिका उपाध्यक्षद्वारा अध्यक्ष माथि कार्यकक्षमै हातपात

    १ वर्ष पहिले

    श्रावण-१, बजेट बाँडफाँटमा मनलाग्दी गरेको भन्दै जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढालाई उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले कार्यकक्षमै हातपात गरेकी छिन् ।

    अध्यक्षमाथि हातपात गरेपछि उपाध्यक्ष भण्डारी आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेकी थिइन् । प्रत्यक्षदर्शी गाउँपालिकाका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रयोग गरी हातपात गरेकी थिइन् ।

    उपाध्यक्षबाट हातपात भएको भन्दै अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरीसमेत दिएका छन् । उजुरी उपर मंगलबार छलफल हुने बताइएको छ

    अध्यक्ष बुढा नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने उपाध्यक्ष भण्डारी एकीकृत समाजवादी पार्टीबाट विजयी भएकी हुन् । यहाँ विगतदेखि नै अध्यक्ष र उपाध्यक्षबीच अधिकार क्षेत्रका विषयमा विवाद हुँदै आएको थियो ।