× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

    १ वर्ष पहिले

    श्रावण-५, मर्स्याङ्दी शिक्षा सदन स्कुल मुग्लिनले एसईई परीक्षामा उत्तीर्ण विधार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार एक समारोहबीच एसईई परीक्षा उत्तीर्ण हुने २० जना विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गरेको हो ।

    प्रमुख अतिथि बागमति प्रदेशका प्रदेश सभा सदस्य माननीय कृष्णप्रसाद सिलवालले दियोमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता विधालय ब्यबस्थापन समितिका अध्यक्ष किशोर गुरुङले गरेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिलवालले उच्च शिक्षा अध्ययनको लागि अङ्कको आधारमा भन्दा पनि रुचि र दक्षताको आधारमा विषय छनोट गर्न सुझाव दिनुभएको छ । उहाँले पढाईलाई जीवन परिवर्तनको मार्गको रूपमा प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    त्यसैगरि कार्यक्रमका अध्यक्ष किशोर गुरुङले आगामी दिनमा मर्स्याङ्दी शिक्षा सदनले अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा विधालयको तर्फबाट एसईईमा सम्मिलित भई उत्कृष्ट नतिजा निकालेर उतीर्ण भएका २० जना विद्यार्थी तथा उहाँहरुका अभिभावकलाई खादा तथा मायाको चिनोको ट्रफी सहित सम्मान गरिएको थियो ।

    विद्यालयका शिक्षक सनम पन्तले संचालन गरेको कार्यक्रममा विधार्थीको तर्फबाट सोनम भुजेल, अभिभावकको तर्फबाट रामजी भुजेल एवं विधालय ब्यबस्थापन समितिका सदस्यहरू बिष्णु कुवर, रामकृष्ण खड्गी, शान्ता पाण्डे एवं विधालयका प्रधानाध्यापक दिपक श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    शिक्षक लक्ष्मी प्रसाद पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रममा विधालयका शिक्षक, कर्मचारी एवं विधार्थीहरु उपस्थित रहेका थिए।