× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रवि लामिछानेले सुरू गरे महिलाका लागि नि:शुल्क बस

    १ वर्ष पहिले

    श्रावण-१७, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपचुनावबाट आफू निर्वाचित भएको एक सय दिनको अवसरमा चितवन २ लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् ।

    बुधबार चितवनमा आयोजित कार्यक्रमबीच लामिछानेले ‘निर्वाचन क्षेत्र विशेष कार्यक्रम’ को घोषणा गरेका हुन् । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा बुधबारबाटै निःशुल्क सुरू भएको छ । निर्वाचनताका घोषणा गरिएको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा कार्यान्वयनमा ल्याएको उनले बताए ।

    लामिछानेले हरेक चार-चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गरेका छन् । त्यस्तै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । लामिछानेले योजनाबद्ध ढंगले आफूले घोषणा गरेका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जनाए ।

    लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमूना विद्यालयका रूपमा विकास गर्ने जानकारी गराए । लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकतासम्बन्धी विवादमा कारण सर्वोच्चको फैसलासँगै पदमुक्त भएका थिए । उपनिर्वाचन भएर दोस्रो पटक निर्वाचित भएको बुधबार एक सय दिन पुगेको हो ।