× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना सप्तरङ्गी लोक साँस्कृतिक संरक्षण मञ्च गठन, कुरिनटारमा वृहत तीज गीत प्रतियोगिता गरिने ।

    १ वर्ष पहिले

    श्रावण २०, मुग्लिन
    चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा “सुखी, खुसी समृद्ध इच्छाकामना, कला संस्कृति विकास हाम्रो चाहना” भन्ने मूल नाराका साथ इच्छाकामना सप्तरङ्गी लोक साँस्कृतिक संरक्षण मञ्च गठन भएको छ । इच्छाकामना गाउपालिका भित्र रहेका कलाकारहरुको समुहले विभिन्न जातजाति, भाषाभाषी, कला–संस्कृति खोजी गरी त्यसको संरक्षण एवम् प्रवद्र्धन गर्ने उद्देश्यले कृष्ण बहादुर गुरुङ्गको नेतृत्वमा २५ सदस्यी समिति गठन भएको हाे । नव गठित समितिको बरिष्ठ उपाध्यक्षमा चन्द्र परियार, महिला उपाध्यक्षमा सरिता गुरुङ, प्रथम उपाध्यक्षमा शितल गुरुङ, द्धितीय उपाध्यक्षमा रमेश परियार, तृतिय उपाध्यक्षमा ओम बहादुर मगर चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा लक्ष्मी लामा, सचिवमा निलकण्ठ रिजाल, सह-सचिवमा गणेश गुरुङ्ग, सह–कोषाध्यक्षमा धन बहादुर मगर, बरिष्ठ सदस्यमा दिपेन्द्र थापा र सदस्यहरुमा किसान बाबु राना, विकास गुरुङ्ग, पदम पुरी लगायतका सदस्यहरु रहेका छन् ।


    पालिका भित्र छरियर रहेका कलाकारहरुको हकहित संगै लुकेर बसेको प्रतिभाहरुको खोजीगरी उजागर गर्ने उद्देश्यले साँस्कृतिक संरक्षण मञ्चको गठन गरिएको अध्यक्ष कृष्ण बहादुर गुरुङ्गले बताए । मञ्चले पालिका भित्र बसोबास गर्ने विभिन्न जातजातिको कला–संस्कृति, भाषा, रितीरिवाजहरुको संरक्षण एवम् प्रवद्र्धन गर्नको निमिक्त विभिन्न कार्यक्रमहरुको आयोजना गरीने उद्देश्यअनुरुप हरितालिका तिजको अवसरमा वृहत तिज गित प्रतियोगिताको आयोजना गरिने र आउने दिनहरुमा पनि विभिन्न साँस्कृतिक कार्यक्रहरुको आयोजना गरी कला संस्कृतिकाे जगेर्नालाइ निरन्तरता दिने उहाँले बताउनुभयाे ।