× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीलाई लिग्स कप २०२३ को उपाधि

    १ वर्ष पहिले

    भदौ-३, अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले लिग्स कप २०२३ को उपाधि जितेको छ ।

    शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

    त्यसपछि पनि अन्य सबै खेलाडीले लगातार गोल गरेपछि ११ औं प्रहारमा दुवै टोलीका गोलरक्षकले पेनाल्टी प्रहार गरेका थिए । मायमीका क्यालेन्डरले गोल गर्दा पानिचोको प्रहार विपक्षी गोलरक्षकले बताए ।

    त्यसअघि निर्धारित समयको अन्तिम प्रहारमा मायमी उपाधि जित्नबाट चुकेको थियो । जोसे काम्पनाले खाली पोस्टमा गरेको प्रहार पोस्टमा लागेर बाहिरीएपछि खेल टाइब्रेकरमा लम्बिएको थियो ।

    खेलको २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मायमीलाई उपाधितर्फ लम्काएका थिए । तर नाशभिलका लागि ५७ औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काए ।

    सन् २०२० मा स्थापित इन्टर मायमीको यो क्लब इतिहासकै पहिलो उपाधि हो । अमेरिकी लिग मेजर लिग सकर (एमएलएस) मा संघर्ष गरिरहेको टोलीले लिग्स कपमा भने मेस्सीको आगमनपछि सानदार प्रदर्शन गर्यो । टोलीले अपराजित रहेर उपाधि जित्दा कप्तान मेस्सीले हरेक खेलमा गोल गरेका थिए ।