× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इंग्ल्यान्डलाई हराउदै स्पेन पहिलोपल्ट फिफा महिला विश्वकपको च्याम्पियन

    १ वर्ष पहिले

    भदौ-३, इंग्ल्यान्डमाथि जित निकाल्दै स्पेन पहिलोपल्ट फिफा महिला विश्वकपको च्याम्पियन बनेको छ । इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै स्पेन पहिलो पटक च्याम्पियन बनेको हो ।

    स्टेडियम अष्ट्रेलिया सिड्नीमा शनिबार भएको फाइनलमा स्पेनलाई च्याम्पियन बनाउन कप्तान ओल्गा कारमोनाले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको २९औं मिनेटमा गोल गर्न सफल भएको थियो ।

    २९औं मिनेटमा कप्तान ओल्गा कारमोनाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् । मोरिओना कालडेन्टेको दिएको पासमा डिफेन्डर रहेकी कप्तान ओल्गाले ओभरल्यापमा जाँदै सहजै गोल गर्न सफल भइन् ।

    यससँगै २३ वर्ष ६९ दिनकी ओल्गा विश्वकपको फाइनलमा गोल गर्ने चौथो कान्छी खेलाडी बनेकी छिन् । विश्वकपमा गोल गर्ने कान्छी खेलाडी एलेक्स मोर्गान हुन् । उनले सन् २०११ मा २२ वर्ष १५ दिनको उमेरमा गोल गर्दै कीर्तिमान बनाएकी थिइन् । ३७औं मिनेटमा एरिन पारेडेसको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो ।

    ६९औं मिनेटमा स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो । जेनिफर हर्माेसोको पेनाल्टी प्रहारलाई इंग्ल्यान्डकी गोलरक्षक मारी अर्प्सले बचाइन् ।

    पेनाल्टी बक्समा केइरा वाल्सले हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै स्पेनलाई पेनाल्टी प्रदान गरेको थियो ।

    ७६औं मिनेटमा लौरेन जेम्सको प्रहारलाई स्पेनलाई गोलरक्षक क्याटालिना कुलले पञ्च गर्दै बचाउँदा स्पेनलाई खेलमा कायम राखिन् ।

    दुवै टोली पहिलोपटक फाइनलमा पुगेको हो । महिला विश्वकपमा स्पेन च्याम्पियन हुने पाँचौ राष्ट्र बनेको छ । यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक पटक उपाधि जितेका छन् ।