१ वर्ष पहिले
भदौ-४, चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा ठुलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
राती ८ :३० बजेको समयमा इच्छाकामना गाउँपालिका-६ को कालिखोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
करिब ५० मिटर लम्बाईमा खसेको पहिरो हाल सम्मकै ठुलो भएकोले सडक खुल्न २ दिन सम्म लाग्ने सम्भावना रहेको हाईवे समाचार डटकमका रिपोर्टरले जनाइएको छ।
हाल सम्मपनि सो स्थानमा पहिरो झरिरहेको बताइएको छ।