× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, सात बेपत्ता

    १ वर्ष पहिले

    भदौ-६, काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी नजिकैबाट त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गएको छ । दुर्घटनामा आठ जनाको मृत्यु पुष्टि भएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधवार बिहान धादिङको गजुरी-२ चालीसे छहराबाट त्रिशूली नदीमा खसेको हो ।

    उनका अनुसार बसमा २३ जना सवार थिए । ८ जना घाइतेहरूको उद्धार गरिएको छ । सात जना हराइरहेकोले उनीहरूको खोजी कार्य भइरहेको उनले बताए ।

    फोटा साभारः फेसबुकबाट