× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    १ वर्ष पहिले

    भदौ-७, बाढी पहिरोका कारण सात राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन् । यस्तै, ४९ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।

    सडक विभागका अनुसार तमोर करिडोर अन्तर्गतको चतरा मूलघाट माझीटार अमरापुरडाँडा गणेशचोक, कोशी राजमार्गको रानी विराटनगर इटहरी धरान धनकुटा हिले तथा लेघुवाघाट, तुम्लिङटार खाँदबारी नुम किमाथाङ्का सडक खण्ड बन्द छ ।

    यस्तै, बालाजु-त्रिशूली-धुञ्चे-स्याफ्रुबेसी, नाग्मा-जुम्ला सडक, डुम्रे-बेशीसहर र सिद्धार्थ राजमार्गको बेलहिया-भैरहवा-बुटवल-बर्तुङ-राम्दी-स्याङ्जा-पोखरा सडक खण्ड बन्द रहेको विभागले जनाएको छ । पहिरोका कारण बिहान केहीबेर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक अहिले भने दुईतर्फी नै सञ्चालन भइरहेको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक बिहान सात बजेतिर पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । त्यसपछि पहिरो पन्छाएर एकतर्फी सडक खुलाइ गाडी पास गराइएको थियो । यो सडक पहिरोका कारण पटक-पटक बन्द हुँदै आएको छ । प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै आएको छ ।