× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमसीसी कार्यान्वयन गर्ने तयारी प्रति विप्लवको आपत्ति

    १ वर्ष पहिले

    भदौ-७, सरकारले अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयन गर्ने तयारी गरेकोप्रति नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आपत्ति जनाएका छन् ।

    विप्लवले आज एक भिडियो सन्देश जारी गर्दै अमेरिकी परियोजना एमसीसीमा विभेदकारी प्रावधान भएकाले अगाडि बढाए सैह्य नहुने चेतावनी दिएका हुन् ।

    उनले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले त्यसमा आफूहरूले नफस्नको लागि कांग्रेस, एमाले र माओवादीसहितका दलहरूलाई आग्रह गर्दा पनि नसुनेको बताए।

    एमसीसीको कार्यान्वयनको चरणमा रहेको बेलामा आन्दोलनको घोषणा गरेपछि भिडिओ सन्देशमार्फत उनले भनेका छन्,‘एमसीसीमार्फत् नेपाललाई अमेरिकन सैन्य अड्डा बनाउने मनसाय प्रष्ट देखिन्छ। यो नेपाललाई आफ्नो सुरक्षा छाता, प्रभाव र नियन्त्रणभित्र राख्ने देखिन्छ। जुन कुरा न नेपालीको हितमा छ न नेपालको एसियाको क्षेत्रीय राजनीतिसँग मेल खान्छ। त्यो कुरामा नेपाल जानु भनेको गम्भीर विचलन ठहर्छ। हामीले त्यति बेला पनि भनेका थियौँ संघर्ष पनि भएको थियो।’