× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    धरानमा २४ घण्टे निषेधाज्ञा जारी

    १ वर्ष पहिले

    भदौ-८,सुनसरीकाे धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।

    साउन २६ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले धरान उपमहानगरमा डेंगी संक्रमण नियन्त्रणमा नआउञ्जेल जनस्वास्थ्य आपतकालीन अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरेको थियो ।

    त्यस्तै, धरानमा धार्मिक सम्प्रादायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भदौ ८ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले आदेश जारी गरेकी छन् ।

    धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगर ६ बाट बराहक्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको आदेशमा भनिएको छ ।

    तोकिएको क्षेत्रमा सामूहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली/भेला­/प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न/नगराउन प्रशासनले जानकारी गराएको छ ।

    धरानमा सामाजिक सद्भाव भड्किन पुग्ने भन्दै स्थानीयदेखि केन्द्रसम्मका राजनीतिक दलहरुले चिन्ता व्यक्त गरेका थिए । यसैलाई ध्यानमा राखेर प्रशासनले निषेधाज्ञा गरेको हो ।