× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विदेशी राष्ट्रिय गान बजाएको भन्दै मुख्यमन्त्रीद्वारा कार्यक्रम बहिस्कार

    १ वर्ष पहिले

    भदौ-९, नेपाली भूमिमा विदेशी राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन्।

    रुपन्देहीमा शुक्रवार भएको किवानिस नेपालको पाँचौँ डिस्ट्रिक्ट महाधिवेशनको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिष्कार गरेको उनको सचिवालयले जनाएको छ।

    प्रमुख अतिथिको रूपमा मुख्यमन्त्री चौधरी सहभागी हुनु भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले कार्यक्रम बहिस्कार गरेको मुख्यमन्त्री प्रेस सल्लाहकार गोपाल शर्माले बताए 

    नेपाल डिस्ट्रिक्ट महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्किएको उनले बताए ।