× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख लागि ललितपुरको भैंसेपाटीमा बंगला

    १ वर्ष पहिले

    भदौ-११, सरकारले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख लागि ललितपुरको भैंसेपाटीमा बंगला बनाएको छ। जनतासँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने प्रदेश सरकारका हरेक कार्यालय स्थानीय तहमै हुनुपर्ने तथा स्थानीय तहलाई बलियो बनाउनुपर्ने वेला सरकारले यस्तो कदम चालेपछि विरोध सुरु भएको छ।

    गाउँगाउँमा सिंहदरबार भन्ने नारालाई गिज्याउने गरी संघीय सरकारले स्थानीय सरकारलाई काठमाडौँमा घुम्ने थलो बनादिएको छ। २७ रोपनी १२ आना क्षेत्रमा निर्मित बङ्गलामा स्वागत कक्ष, बैठक कक्ष, योगाभ्यास कक्षदेखि भान्सा कोठासम्मको व्यवस्था गरिएको छ।

    संघीयता निकै खर्चिलो भएको र देशले खर्च धान्न नसक्ने भन्दै प्रदेश सरकार नै खारेज हुनुपर्ने माग उठिरहेका वेला सरकारले यसका लागि ७२ करोड ४७ लाख रुपैयाँ सकाएको छ।

    शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा सुविधासम्पन्न भवन बनाउने सरकारी नीतिअनुरूप यी भवन निर्माण गरिएको बताएका छन्।

    चार वर्षमा आवास निर्माण सम्पन्न गरेर सातै प्रदेशको भवनको साँचो आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरूलाई हस्तान्तरण गरेका छन्।

    मुख्यमन्त्री र प्रदेश प्रमुखहरू भोलि नै सरकारी आवासमा सर्ने तयारीमा रहेको भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ। प्रदेश प्रमुख र मुख्यमन्त्री काठमाडौं आउँदा अपार्टमेन्टमा बस्ने गरेका थिए। त्यसबापत सरकारले मासिक ९ लाख रुपैयाँ भाडा तिर्ने गरेको थियो।