× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अवैध लागु औषध गाँजा सहित इच्छाकामना गाउँपालिका ६ का ३० वर्षीय तिलक गुरुङ पक्राउ

    १ वर्ष पहिले

    भदौ-११, अवैध लागु औषध गाँजा सहित तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित बेनिटारबाट १ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा चितवन इच्छाकामना गाउँपालिका वडा नं. ६ चण्डिभञ्ज्याङ्गका ३० वर्षीय तिलक गुरुङ रहेको छ ।

    गुरुङलाई अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिएको प्रहरी टोलीले आज बिहान करिब ८ः३० बजेतिर चेकजाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग २ ख ९७१ नं. को बसमा झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा १ किलो गाँजा सहित पक्राउ गरेको हो ।

    लागु औषध सहित पक्राउ परेका गुरुङलाई तनहुँ जिल्ला अदालतबाट दिन १० को म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।