× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राष्ट्रिय चलचित्र पुरस्कार २०८० को सर्वश्रेष्ठ अभिनेता हरिवंश आचार्य, सर्वोत्कृष्ट अभिनेत्रीमा दीया मास्के

    १ वर्ष पहिले

    भदौ-१२, यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कार २०८० प्रदान गरिएको छ । मंगलबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड वितरण गरे ।

    सर्वश्रेष्ठ फिल्म विधा समावेश नगरिकनै अवार्ड वितरण गरिएको थियो । जसमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ले जुरी अवार्ड प्राप्त गरे ।

    सोसल ड्रामा फिल्म ‘प्रकाश’बाट दिनेश राउत सर्वश्रेष्ठ निर्देशक घोषित भए । सर्वश्रेष्ठ पटकथा विधामा ‘चिसो मान्छे’बाट दीपेन्द्र के खनालले ट्रफी उचाले । यो फिल्मले कोरोना महामारीको समयमा कतारबाट ल्याइएको शवलाई दुर्गम जुम्ला पुर्‍याउन मुख्य पात्रले गर्नुपरेको संघर्ष पेश गर्छ ।

    ‘महापुरुष’बाट हरिवंश आचार्य सर्वश्रेष्ठ अभिनेता घोषित हुँदा दीया मास्के ‘प्रकाश’बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् । यद्यपि, पोखरामा टेलिभिजन शो ‘रोडिज’को छायांकनमा ब्यस्त भएकाले दीया अवार्ड समारोहमा अनुपस्थित रहिन् ।

    छायांकार घोषित भए । निमेष श्रेष्ठले ‘दोख’बाट सर्वश्रेष्ठ सम्पादकको ट्रफी उचाले । आदिवासी जनजाति फिल्म विधातर्फ मुनाल फिल्म्सको ‘ह्युलन छायाँ बा’ सर्वोत्कृष्ट घोषित भयो ।

    २०७८ सालको विशेष फिल्मतर्फ टुल्की र नीरमाया उत्कृष्ट भए । २०७९ सालको विशेष फिल्ममा बुलाकी, प्रसाद २ र चिसो मान्छे सर्वोत्कृष्ट भए । यी फिल्मले सबटाइटलका लागि २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

    सो अवसरमा राष्ट्रपति पौडेलले अभिनेता शिवसुन्दर श्रेष्ठ र अभिनेत्री लक्ष्मी गिरीलाई दीर्घ साधना सम्मान प्रदान गरे । साथै, ३५ जना फिल्म र संगीतकर्मीलाई विशेष योगदान सम्मान प्रदान गरियो ।