× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँले बृद्धि

    १ वर्ष पहिले

    भदौ-१४,नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो।

    निगमका अनुसार पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ । निगमले मूल्यवृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ ।

    काठमाडौंमा पेट्रोल प्रतिलिटर १८२ र डिजेल/मट्टितेल प्रतिलिटर १७० र ग्यास प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ।