× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ वर्ष पहिले

    भदौ-१५,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ

    विभागका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका बाँकी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।