× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नागढुङ्गा–मुग्लिन सडकखण्डमा ट्रकका लागि छुट्टै लेन निर्माण गरिने

    १ वर्ष पहिले

    भदौ-१८, सडक विस्तारको काम भइरहेको पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डमा ट्रकका लागि छुट्टै लेन निर्माण गरिने भएको छ ।

    गह्रौँ मालसामान बोकेका ट्रक छिटो गुड्न नसक्ने र अन्य सवारीसाधन तिनलाई उछिनेर जान समस्या हुने भएपछि ट्रकका लागि अलग्गै लेन निर्माण गर्न लागिएको हो । “यो सडकखण्ड अन्तर्गत साँघुरो, घुमाउरो, उकालो स्थानमा सामान बोकेका ट्रकका लागि अलग्गै लेन बनाइने छ,” नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले भने ।

    सडक विस्तारको काम सकिएपछि अगाडि भएको ट्रकले कतिबेर बाटो देला भनेर कुर्नु नपर्ने उनले दाबी गरे । “साँघुरो स्थानमा तीन वटा लेन हुने छ । एउटामा ट्रक गुड्ने छ भने अर्को दुई वटामा अन्य सवारीसाधन । यसले समयको बचत र दुर्घटनाको जोखिम पनि कम हुने छ,” प्रमुख कार्कीले भने । पूर्व र पश्चिमसँगै पोखराबाट काठमाडौँ जाने आउने सवारीसाधनको चाप मुग्लिन–नागढुङ्गा सडकखण्डमा पर्ने गरेको छ । यही चापलाई दृष्टिगत गरी भारी सवारीसाधनका लागि अलग्गै लेनको व्यवस्था गर्न लागिएको प्रमुख कार्कीले जानकारी दिए ।