× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    न्वाँगी पर्वको अवसरमा भदौ २२ गते सार्वजनिक बिदा

    १ वर्ष पहिले

    भदौ-१८, बागमती प्रदेश सरकारले सीमान्तकृत चेपाङ समुदायको पर्व न्वाँगीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको मन्त्रीपरिषद् बैठकले यही भदौ २२ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    मन्त्रीपरिषद्को सोमबार यहाँ बसेको बैठकले चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश सरकारले यी तीन जिल्लामा गत वर्षबाट न्वाँगी पर्वमा चेपाङ समुदायलाई बिदा दिन सुरु गरेको छ ।

    बैठकले प्रदेश विपत् व्यवस्थापन कोष २०८० कार्यविधि स्वीकृत गरेको छ । यस्तै, बैठकले सङ्गठन संरचना र दरबन्दीसहित प्रदेशको संक्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।