× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कृष्णाष्टमीको उपलक्ष्यमा विधालयमा लाखे नाच प्रदर्शन

    १ वर्ष पहिले

    भदौ-१९, चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा रहेकाे मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुलमा लाखे नाच तथा राधा कृष्ण झाँकी प्रदर्शन गरिएको छ।

    कृष्ण जन्माष्टमीको उपलक्ष्यमा विधालयले विधार्थीहरुलाई नेपाली संस्कार, लाेक संस्कृति , लाेक साहित्य र सभ्यताको प्रत्यक्ष अवलोकन एवं सहभागी गराउने उद्देश्यले स-साना बालबालिकालाई राधा तथा कृष्णका रुपमा सिँगार्नुका साथै बिधालयका विधार्थीहरुलाई लाखे तथा जोकर बनाएर विधालय परिसरमै झाँकी प्रदर्शन गरेका थिए।

    विधालयका प्रधानाध्यापक दिपक श्रेष्ठले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा विधालय ब्यबस्थापन समितिका सदस्य रामकृष्ण खड्की रहेका थिए।

    नेवार गुठी समाज मुग्लिनको सहयोगमा विधार्थीहरुलाई लाखे नाच्न एवं लाखे सम्बन्धी बाजा बजाउन सिकाउन समाजका सदस्य अस्मिन् श्रेष्ठ तथा निश्चल श्रेष्ठले सहजीकरण गरेका थिए।

    हाम्रा आदिम संस्कृतिकाे मूल्य मान्यतासँगै हराउँदै गइरहेकाे हाम्राे माैलिक संस्कार , संस्कृति र सभ्यताकाे गहिराइमा विदेशी संस्कृतिकाे अनुसरण भइरहेकाे वर्तमानमा अवस्थामा याे नाचले विद्यार्थीमा प्राचीन संस्कृतिकाे बाेध गराउनकाे साथै सकारात्मक भावनाकाे पनि बिकाश गराउन महत्त्वपूर्ण भूमिका खेलेकाे कुरा विद्यालयका प्राचार्य दिपक श्रेष्ठले बताए ।

    अतिथि कृष्णप्रसाद त्रिपाठीले राधा कृष्णको पूजा आराधना पश्चात विधालय परिसरमा कृष्ण रथ यात्राको शैलीमा झाँकी सहित रैली गरिएको कार्यक्रमको सन्चालन विधालयका इसिए इन्चार्ज सनम पन्तले गरेका थिए। ‌