× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    धादिङ चेली इच्छाकामना सहयात्री संस्थाद्वारा आयोजित बृहत तीज गीत प्रतियोगिताको प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री शालिकराम जमरकट्टेल आउदै

    १ वर्ष पहिले

    भदौ-२०, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल पहिलो पटक आज इच्छाकामनाको कुरिनटार आउने भएको छ । धादिङ चेली इच्छाकामना सहयात्री संस्थाद्वारा आयोजित बृहत तीज गीत प्रतियोगिता कार्यक्रमको मुख्य अतिथिको रुपमा कुरिनटार आउन लागेका हुन् ।

    धादिङ चेली इच्छाकामना महिला सहयात्रि संस्थाले नजिकिँदै गरेको नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा आज श्री कृष्ण जन्माष्टमीको दिन कुरिनटारमा वृहत तीजगीत प्रतियोगिता आयोजना गरेका हो । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ७ हजार, तृतिय हुनेलाई ५ हजार र सान्त्वना हुने २ टिमलाई ३ हजार सहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने संस्थाका अध्यक्ष रीता अर्याल नेपालले जानकारी दिइन् ।

    प्रतियोगितामा सहभागीताको लागि टिम दर्ता शुल्क ३ सय तोकिएका छ भने भदौ २० गते बिहान १०ः०० बजे भित्र सम्म टिम दर्ता गरि सक्नु पर्नेछ । यस्तै प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई यातायात खर्च वापत १ हजार रुपैया प्रदान गरिने पनि अध्यक्ष नेपालले बताइन् ।

    प्रतियोगितामा इच्छाकामनासहित छिमेकी पालिकाहरुबाट पनि सहभागिता जनाउन सक्ने उनले बताइन् ।