× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज आँबुखैरेनीमा वृहत कृष्णजन्माष्टमी मेला लाग्ने, जात्रामा चुड्का १८ टिम , ८ वटा लाखे नाच, ६ वटा रोपाई नाच लगायत हुने

    १ वर्ष पहिले

    भदौ-२०, तनहुँको आँबुखैरेनीको पहिचान बन्न सफल जन्माअष्टमी मेला ३ वर्षपछि पुनः यस वर्ष लाग्ने भएको छ । हरेक वर्षको जन्माअष्टमीको दिन लाग्ने यो मेला आँबुखैरेनीको पहिचानको रुपमा स्थापित छ । कोरोनाका कारण ३ वर्षदेखि स्थगित मेला यस वर्ष भने पुनः लाग्ने भएको हो ।

    विभिन्न जातजातिको साँस्कृतिक झलक, झाँकीहरु, नाचगान प्रस्तुत हुने यो जात्रा दशकौ देखि आँबुखैरेनीमा लाग्ने गरेको छ । यस वर्ष गाउँपालिकाको संरक्षणमा मेला लाग्न लागिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । ‘यो जात्रा आँबुखैरेनीको पहिचान हो, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो’ –उनले भने । विभिन्न संघ संस्थाको सहयोगमा आँबुखैरेनी साँस्कृतिक संरक्षण मञ्चले हरेक वर्ष यो जात्राको आयोजना गर्ने गर्छ ।

    यस वर्ष पनि जात्रा भव्य बनाउन लागिपरेको मञ्चका अध्यक्ष भगवानदाश मल्लले जानकारी दिए । उनका अनुसार यसवर्षमा जात्रामा चुड्का १८ टिम, ८ वटा लाखे नाच, ६ वटा रोपाई नाच, बालेन नाच २ वटा, पाङ्दुरे नाच २ वटा, नवलपुरको थारु नाच लगायत विभिन्न समुदायको साँस्कृतिक नाँचहरु रहेको छ ।

    यस्तै यसपटक पनि विभिन्न साँस्कृतिक झलकहरु सहित र्यालीको समेत आयोजना हुने मञ्चका अध्यक्ष मल्लले बताए ।