× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध, पहिरो पन्छाउन करिब २ घण्टा लाग्ने

    १ वर्ष पहिले

    भदौ-२६,चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित नाम्सिखोला पुलमा सुख्खा पहिरो खसेको छ । आज बिहान करिब साढे ६ बजेतिर पहिरो खसेको हो ।

    पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण रुपमा अवरुद्ध रहेको सडक सुपरभाईजर इश्वर क्षेत्रीले जानकारी दिए ।

    उनका अनुसार सडक डिभिजनको तैनाथ अवस्थामा राखिएको मेशिनद्वारा पहिरो पन्छाउने कार्य शुरू भैसकेको छ । माथिबाट सुख्खा पहिरो खसिरहेकाेले पहिरो पन्छाउन करिब २ घण्टा जति लाग्ने अनुमान गरिएको छ।

    फोटो सौजन्य-सडक डिभिजन कार्यालय, भरतपुर