× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ‘इच्छाकामना महोत्सव- २०८०’ को तयारी पुरा, बागमती प्रदेशका प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवालले उद्घाटन गर्ने

    १ वर्ष पहिले

    भदौ-२६, यही भदौ २७ गतेदेखि सञ्चालन हुने इच्छाकामना महोत्सवको तयारी पूरा भएको छ । कुरिनटारको भानु ग्यास अगाडि को मैदानमा दोस्रो संस्करणको ‘इच्छाकामना महोत्सव-२०८०’ को उद्घाटन बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय सभासद कृष्णप्रसाद सिलवालले गर्नु हुने कार्यक्रम रहेको छ।

    महोत्सव आगामी असोज ७ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवं इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले बताउनुभयो ।

    आर्थिक गतिविधिको चलायमान गर्न तथा स्थानिय उत्पादन र पर्यटन प्रवर्धनका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय कुरिनटार र इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव हुने भएको हो । महोत्सव समापन भने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गर्ने कार्यक्रम रहेको संयोजक गुभाजुले बताउनुभयो ।

    महोत्सवमा २०० स्टल रहने र स्थानिय उत्पादनका १५वटा स्टलहरुलाई निशुल्क व्यवस्था गरिएको बताउनुभयो।इच्छाकामनाको आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटन प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको उहाँको भनाईछ । महोत्सवले यहाँ रहेको पर्यटकीय स्थलहरुको प्रवद्र्धन, स्थानिय उत्पादनको प्रवद्र्धन र कला साहित्य संस्कृतिको संरक्षण तथा उजागर गर्न सहयोग मिल्ने बताउनुभयो ।

    महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सवको प्रवद्र्धक एंव संरक्षक इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ चितवन रहेको छ ।

    इच्छाकामना महोत्सव २०८०को मुख्य प्रयोजक मनकामना दर्शन प्रालि रहेको छ । मनकामना दर्शन प्रालिले महोत्सवमा आउने दर्शकहरुलाई मनकामना केबलकारको टिकटमा १५ प्रतिशत छुट समेत दिने जनाएको छ । यसैबिच प्रयोजक बह्रसिंगे वियर कम्पनी कुरिनटार रहेको छ भने सह– प्रयोजक महिन्द्रा स्वरुम कुरिनटार रहेको छ । महोत्सवको अवसरमा महिन्द्रा स्वरुमले विशेष स्किमको व्यवस्था गर्ने जनाएको छ ।

    यस अघि वि.स.२०७५ मा उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएमको संयुक्त आयोजनामा पहिलो इच्छाकामना महोत्सव सम्पन्न भएको थियो ।