× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गीको आयोजनामा लागू ओैषध विरुद्धको सचेतना अभियान कार्यक्रम सम्पन्न

    १ वर्ष पहिले

    भदौ-२६, लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गीको आयोजनामा लागू ओैषध विरुद्धको सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ।

    चितवनको इच्छाकामना गाउँपालिका वडानं ५ मुग्लिङ्गका ३ विद्यालयहरुमा विधार्थीहरु माझ लागू ओैषध विरुद्धको सचेतना अभियान कार्यक्रम सम्पन्न भएको हो।

    विधार्थीहरु माझ लागू ओैषध विरुद्ध सचेतना जगाउने अभियान रुपमा मुग्लिङ्ग बजारमा रहेका ग्रीन फिल्ड बोडिङ्ग स्कुल , त्रिवेणी बराह माध्यमिक विद्यालय र मर्स्याङदी शिक्षा सदन सेकेण्डरी स्कूलमा लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गीले आज (मंगलबार)कार्यक्रम आयोजना गरेको हो।

    लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गीका अध्यक्ष लियो सनम पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही विद्यालयका प्रअ एवं विधालय ब्यबस्थापन समितिका सदस्यको प्रमुख आतिथ्य एवं ईलाका प्रहरी कार्यालय मुग्लिङ्गका प्रहरी निरिक्षक विशाल तामाङ्ग र सपोट एण्ड कियर पुनर्स्थापना सेन्टर रत्ननगर चितवनको ट्रेनर तथा लियो जिल्ला परिषद ३२५ आर नेपालको कमिटि हेड लियो प्रकाश शाहको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा जिल्ला पि.आर.ओ. तथा ईआरटि/आईआरटी प्रमुख गौरव उपाध्याय , रिजन ४ को रिजन संयोजक लियो बिमोचन आचार्य , रिजन ५ का संयोजक लियो निशान कडेल विद्यालयको शिक्षक,शिक्षिका एवं विद्यार्थीहरुको उपस्थिति रहेका थिए ।

    कार्यक्रममा लागू ओैषध दुर्व्यसन न्यूनीकरणको सम्बन्धमा इप्रका मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङ्ग तथा ट्राफिक नियम सम्बन्धमा ईलाका ट्राफिक कार्यालय मुग्लिङ्गका ईन्चार्ज चुडामणि पोखरेलले ट्राफिक नियम सम्बन्धि कक्षा संचालन गरेको थिए ।