× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    दोश्रो इच्छाकामना महोत्सव-२०८० सुरु ,प्रदेश सांसद कृष्णप्रसाद सिलवालद्वारा उद्घाटन

    १ वर्ष पहिले

    भदौ-२७, चितवनको इच्छाकामनामा आजदेखी दोस्रो इच्छाकामना महोत्सव–२०८०सुरु भएको छ। वागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले ब्यानर पढेर एवं बाजा बजाएर महोत्सवको उद्घाटन गर्नुभएको हो ।

    महोत्सवमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, कार्यकारी अधिकृत जगतप्रसाद भुसाल विभिन्न वडाका अध्यक्ष, उधोग वाणिज्य संघका चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, पुर्व अध्यक्ष कल्याण जोशी, चितवन होटल व्यवसायी संघका अध्यक्षका लोकनाथ भट्ट विभिन्न राजनैतिक दलका प्रतिनिधी, संघसंस्थाका अध्यक्षहरु उपस्थिति रहेका थिए।

    महोत्सवमा स्वागत मन्तव्य राख्दै महोत्सवका संयोजक तथा इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले विश्वरभर भएको आर्थिक मन्दीका कारण कठिन अवस्था सिर्जना भएको अवस्थामा इच्छकामनामा आर्थिक चलायमान बनाउन महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले यहाँ भएका धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न पनि महोत्सव आयोजना गरिएको उहाँको भनाई छ ।

    महोत्सवको मुल समारोह अघि कुरिनटार को इच्छाकामना मन्दिर देखि महोत्सवस्थल सम्म विभिन्न जातजाति, विधालय, आमा समुहले झाँकी प्रदर्शन गरेका थिए।

    असोज ७ गतेसम्म चल्ने महोत्सवले स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ। जसका लागि महोत्सवमा २०० स्टल राखिएको छ। त्यसमध्ये स्थानीय उत्पादनका १५ वटा स्टललाई निःशुल्क व्यवस्था गरिएको छ ।

    करिब एक लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ। इच्छाकामना मन्दिर, जय बालगौरी पाथिभरा सिहंदेवी मन्दिर, मनकामना मन्दिर, सिराइचुली, उपर्दाङ्गगढी, लामो झरनालगायतका गन्तव्य अवालेकन गर्न सक्नुका साथै त्रिशूली नदीमा र्याप्टीङ गर्न सकिने आयोजकले जनाएको छ।

    इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव भएको हो।