× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिनमा बाल क्लवद्धारा मर्स्याङ्दी बाल उत्सव कार्यक्रम योजना

    १ वर्ष पहिले

    भदौ-२९, राष्ट्रिय बाल दिवसको अबसरमा मर्स्याङ्दी शिक्षा सदन स्कुल मुग्लिनमा अध्ययनरत् विधार्थीहरुको मर्स्याङ्दी बाल क्लवद्धारा आयोजित बाल उत्सव कार्यक्रम सम्पन्न भएको छ।

    प्रमुख अतिथी इच्छाकामना गाउँपालिका वडानं ५ का वडाध्यक्ष तेजबहादुर शेरचनद्वारा रिवन काटेर उद्घाटन गरिएको कार्यक्रमको सभाध्यक्ष बाल क्लबकी अध्यक्ष दिप्ती लामिछानेले गरेकी थिइन्।

    प्रमुख अतिथि शेरचनले बालबालिकाले आयोजना गरेको अहिलेको कार्यक्रम भविष्यमा उनिहरुको सुनौलो भविष्य कोर्ने गोरेटो भएको बताएका थिए।

    कार्यक्रममा विशिष्ट अतिथिका रुपमा विधालयका संस्थापक अध्यक्ष जयलाल श्रेष्ठ, विधालयका कार्यसमितिका सदस्यहरु, विष्णु कुँवर, गणेश श्रेष्ठ, विधालयका प्रधानाध्यापक दिपक श्रेष्ठ, सह-प्रधानाध्यापक शिशिर पन्त,इसिए इन्चार्ज सनम पन्त लगायतका उपस्थित रहेका थिए।

    बाल उत्सवमा विधार्थीहरुले शिक्षकको मदतमा फुल तथा विरुवाको नर्सरी, परम्परागत नेपाली सामाग्री, परम्परागत नेपाली जातीय भेषभुषा र विशुद्ध आर्गेनिक तरकारीका स्टल तथा जङ्क फुड र हेल्दी फुडको स्टलहरु राखिएको थियो ‌

    त्यसैगरी बालबालिकाको मनोरञ्जनका लागि विधार्थीहरुले विभिन्न खेलका साथै पाककला प्रदर्शन एवं क्यान्टिनको पनि ब्यबस्था गरेका थिए।

    कार्यक्रमको दौरान बाल अधिकार सम्बन्धि गित तथा नाटक प्रस्तुत गर्नुका साथै तिज गितमा नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो।

    तिज गितमा नृत्य प्रतियोगितामा कक्षा ९ को समुह प्रथम, कक्षा १० को समुह दोस्रो, कक्षा ५ को समुह तेस्रो र कक्षा ३ का समुहले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए।

    सयौको संख्यामा अभिभावक एवं विधार्थी उपस्थित कार्यक्रमको सन्चालन बाल क्लवकी सचिव स्मृति आले तथा स्वागत मन्तव्य विधालयका क्याप्टेन प्रशंसा सिलवालले गरेकी थिइन्।