× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काठमाडौंको गैह्रीगाउँमा ४ जनाको हत्या, एक जना पक्राउ

    १ वर्ष पहिले

    भदौ-३०, काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भेटिएका ४ वटै शवको सनाखत भएको छ।

    मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन्। यस्तै मोरङका १९ वर्षका नवीन राई छन्। कुमार दिव्य सः फर्निचर मिलका सुरक्षा गार्ड हुन्।

    मिलभित्र धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शनिबार बिहान ४ जनाको शव फेला परेको थियो। शुक्रबार राति ११:५५ बजे सो मिलभित्र ४ वटा शव फेला परेको सूचनापश्चात् घटनास्थलमा प्रहरी खटिएको थियो।

    चार वटै शवको टाउकोमा र शरीरका विभिन्र भागमा धारिलो हतियारको चोट देखिएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

    उनका अनुसार घटनास्थलमा मुचुल्का लगायतको कार्य सम्पन्र गरी पोष्‍टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्‍ज पठाइएको छ। घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्‍त कुकुर समेत लगी अनुसन्धान कार्य सुरू गरिएको एसएसपी मैनालीले बताए।

    हत्याको आशंकामा प्रहरीले धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरी नियन्त्रणमा लिएको छ।