× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा इच्छाकामना मुग्लिनकी सुप्रिका गुरुङलाई स्वर्ण

    १ वर्ष पहिले

    भदौ-३०, चितवन इच्छाकामना -५ मुग्लिनकी सुप्रिका गुरुङले ११ औं कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिवार स्वर्ण जितेकी छन्।

    नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको महिला सिनियर ७३ केजी भन्दा माथी समुहमा मर्स्याङ्दी शिक्षा सदन स्कुल मुग्लिनकी पुर्व विधार्थी समेत रहेकी सुप्रिका गुरुङले सेमी फाइनलमा आर्मी कि पार्वती बस्नेत र फाइनलमा एलिसा कपालीलाई हराएर स्वर्णपदक हात पार्न सफल भएकी हुन्।

    प्रतियोगितामा ७११ महिला र १०६७ पुरुष गरी १७७८ जना सिनियर तथा जुनियर खेलाडीहरुको सहभागिता रहेको संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक भान बहादुर चन्दले बताए।

    प्रतियोगितामा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडी सहभागी रहेका थिए।