× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तीनकुने सामूहिक हत्या प्रकरण : पुरानो दुस्मनीले हत्या

    १ वर्ष पहिले

    भदौ-३१, तीनकुनेको गैरीगाउँमा चार जनाको विभत्स हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । उक्त घटनामा संलग्न सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

    नवीन राईसँगको पुरानो दुस्मनीका कारण बदला लिन उनले उक्त घटना घटाएको र पोल खुल्ने डरले अन्य तीन जनाको पनि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा पक्राउ गरेको हो ।

    शुक्रबार राति गैरीगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित दोलखा घर भई काष्ठ मिलमा गार्ड काम गर्ने कुमार भुजेल, उनकी पत्नी अम्बिका र आमा करिब ७० वर्षीय सुमित्राको हत्या भएको थियो । हत्यामा संलग्न भण्डारी बोल्न सक्दैनन् । उनले हत्या स्वीकार गरेको प्रहरीले बताएको छ ।