× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नौबिसे-मलेखु सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

    १ वर्ष पहिले

    असोज-१, पृथ्वी राजमार्गअन्तर्गत नौबिसे-मलेखु सडक खण्डको विस्तार तथा निर्माण कार्यलाई सहजीकरण गर्न राजमार्ग दैनिक ४ घण्टा बन्द हुने भएको छ।

    जिल्ला प्रशासन कार्यालय धादिङद्वारा प्रकाशित सुचना अनुसार नौबिसे मलेखु सडक खण्डको खयरघारी(१७ किलोमिटर) र पोखरे खोला(३३ किलोमिटर) भनिने ठाँउमा स्वीकृत डिजाइनअनुसार सडक चौडा गर्ने क्रममा निर्माणको समयमा आवागमन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मिति २०८० असोज ४ गते देखि असोज २० गतेसम्म राती ११:०० बजे देखि ३:०० बजे सम्म एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन बाहेक अन्य सम्पूर्ण सवारी आवागमन बन्द रहने जनाएको छ।

    प्रशासनद्वारा जारी सुचना अनुसार काठमाडौबाट मलेखु जाने सवारी साधन थाक्रे गाउँपालिका वडा नम्बर १ को एक्ले फाँट र मलेखुबाट काठमाडौंतर्फ जाने सवारी साधनहरु गजुरी गाउँपालिका वडा नम्बर ५ को घाटवेशी पुलमा रोकिने जनाएको छ।