× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कुशल मल्ल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर

    १२ महिना पहिले

    असोज-१०, नेपालका बायाँ हाते युवा ब्याटर कुशल मल्ल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै उक्त दुर्लभ विश्व कीर्तिमान बनाएका हुन् । कुशल ३९ बलमा ६ चौका र १० छक्कासहित १ सय ९ रनमा क्रिजमा छन् ।

    यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए ।

    टि२० कुनैपनि खेलमा सर्वाधिक छिटो शतक क्रिस गेलको नाममा छ । गेलले २०१३ को आइपिएलमा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलमै शतक हानेका थिए ।

    २०१८ मा भारतीय ब्याटर ऋषभ पन्तले दिल्लीबाट हिमाचल प्रदेशविरुद्ध ३२ बलमा शतक हानेका थिए । ओडिआईमा भने दक्षिण अफ्रिकाका एवि डिभिलियर्सको नाममा ३१ बलमा शतकको कीर्तिमान छ ।