× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशभर आंशिक देखि सामान्य बदली रहने

    १२ महिना पहिले

    असोज-१२,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

    विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।