× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यो वर्षको एसईई परीक्षा आगामी चैत पहिलो सातादेखि हुने

    १२ महिना पहिले

    असोज-१२, यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चैत पहिलो सातादेखि परीक्षा हुने भएको हो ।

    चैत पहिलो सातादेखि परीक्षा गरेर असारको दोस्रो हप्ता नतिजा प्रकाशन गर्ने कार्यतालिका रहेको छ । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फारम छपाई र वितरण कात्तिक मसान्तसम्ममा गरिनेछ । जुन बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ ।

    त्यस्तै कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम मंसिर मसान्तसम्म भराउनेछ । त्यो शिक्षा विकास तथा समन्वय इकाईमार्फत हुनेछ ।

    त्यस्तै माघ पहिलो साता परीक्षाको समय तालिका प्रकाशन र परीक्षा केन्द्र निर्धारण गर्ने कार्यतालिका छ ।

    २०८१ को साउन तेस्रो साता पूरक परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको छ ।