× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

    १२ महिना पहिले

    असोज-१७, यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकले पाएका छन् । ‘क्वान्टम डट्सको खोज र संश्लेषण’मा गरेको योगदानका लागि वैज्ञानिक मोउंगी जी बावेन्डी, लुइस ई. ब्रुस र एलेक्सई आई एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार प्रदान गरेको हो ।

    बुधबार स्विडेनको राजधानी स्टकहोममा रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले पुरस्कार घोषणा गरेको हो ।

    क्वान्टम डटहरू टेलिभिजनदेखि एलईडी स्क्रिनमा पनि देखिन्छन् । क्वान्टम डटले रासायनिक प्रतिक्रियालाई उत्प्रेरित गर्ने हुँदा त्यतिबेला उत्पन्न हुने प्रकाशले चिकित्सकका लागि ट्युमर टिस्यु पत्ता लगाउन मद्दत गर्छ ।

    रंगीन प्रकाश बनाउने, इलेक्ट्रोनिक्स, मिनिस्क्युल सेन्सर, स्लिमर सोलार सेलदेखि एन्क्रिप्टेड क्वान्टम कम्युनिकेसनमा क्वान्टम डटको प्रयोग हुनसक्ने अनुमान गरिएको छ ।

    यसअघि हिजो मंगलबार यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियरलाई प्रदान गरिएको थियो ।

    चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिक क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई प्रदान गरिएको छ ।

    अब तीन नोबेल पुरस्कार घोषणा हुन बाँकी छन् । स्टकहोममा बिहीबार र शुक्रबार क्रमशः साहित्य र शान्तितर्फको पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । अर्थशास्त्रतर्फको पुरस्कार भने अक्टोबर ९ मा घोषणा गरिने छ ।