× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार बिदा दिने सरकारको निर्णय, परिवारलाई १० लाख राहत

    १२ महिना पहिले

    असोज-२२, सरकारले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

    सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरि देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।

    इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

    (भोलि सार्वजनिक बिदा दिइने भनेको सूचना गलत पुष्टि भएकाले क्षमायाचनासहित सच्याइएको छ । )