× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मोदीले गरे नेपालको भूमिभित्र पर्ने गुञ्जीको भ्रमण, नेपाल सरकार भने बेखबर

    ११ महिना पहिले

    असोज-२५, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भूमिभित्र पर्ने गुञ्जीमा पुगेका छन् ।

    भारतीय समाचार एजेन्सी एएनआईका अनुसार प्रधन्मत्नरी मोदी बिहीबार विहान गुञ्जी गाउँमा पुगेका हुन् । गुञ्जी गाउँमा मोदीले स्थानीयहरूलाई भेटेको भिडियो भारतीय मिडियाहरुमा सार्बजनिक भएका छन् ।

    गुञ्जी पुग्नु अघि मोदीले सामाजिक सञ्जालमा गुञ्जी गाउँका वासिन्दासँग संवाद गर्ने बताएका थिए । गुञ्जी गाउँ २०७७ जेठ ३१ गते नेपालको संसदले लिम्पियाधुरासम्मको भूमि समेटेर जारी गरेको नयाँ नक्सा भित्र पर्दछ । यो भूमि भारतले अतिक्रमण गरेको नेपाली भूमि हो ।

    नेपालले नयाँ नक्सा जारी गरेको करिब साढे ३ वर्षपछि भारतीय प्रधानमन्त्री मोदी गुञ्जी गाउँ पुगेका छन् ।

    यस भ्रमणका क्रममा मोदीले सो क्षेत्रमा बनाएको सडक परियोजनासहित अन्य योजनाको उद्घाटन समेत गरेका छन् ।

    नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीले भ्रमण गरेका विषयमा नेपाल सरकार भने बेखबर छ ।

    मोदी गुञ्जी गाउँ पुगेको विषय नेपालको संसदमा पनि उठेको छ । रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नेपाली भूमिमा आउदा सरकारले किन स्वागत नगरेको भन्दै यो विषय उठान गरेका छन् ।