× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोशी प्रदेशको मुख्यमंत्रीमा कांग्रेसका केदार कार्की नियुक्त

    १ वर्ष पहिले

    असोज-२७, कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन्।

    प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकाे घोषणा गरे।

    उनलाई आइतबार मध्यान्ह १ बजेदेखि ३ बजेभित्र शपथ गराउने तयारी रहेको बताइएकाे छ।

    प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।खापुङले केहीबेरमै मुख्यमन्त्री कार्कीलाई नियुक्तिपत्र प्रदान गर्नेछन्।मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गरेका थिए।

    शुक्रबार दुवैजनाकाे पक्षमा ४७-४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान सनाखतका लागि बाेलाएका थिए।

    सनाखतमा कार्कीको पक्षमा बहुमत पुगेसँगै उनी मुख्यमन्त्री भएका हुन्।

    कार्कीकाे पक्षमा कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीको पक्षमा हस्ताक्षर गरेका छन्।