× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ट्राफिक चेकिङ हुँदा अब नागरिक एपबाटै लाइसेन्स देखाउन सकिने

    ११ महिना पहिले

    कार्तिक-१३, ट्राफिक चेकिङ हुँदा अब सवारी चालकले मोबाइलमा नागरिक एपमार्फत सवारी चालक अनुमति पत्र (लाइन्सेन्स) देखाउन पाउने भएका छन्।

    सरकारले नागरिक एप संचालनमा ल्याए पनि त्यसको कार्यान्वयन हुन नसकेको भन्दै आलोचना भइरहँदा अब एपमै रहेको लाइसेन्सको विवरण देखाउन पाउने व्यवस्था गरिएको हो। नागरिक एपले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सो जानकारी गराएको छ।

    तर, ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा भने सवारी चालकले सक्कल लाइसेन्स नै देखाउनुपर्ने हुन्छ। सो अवस्थामा नागरिक एपमार्फत नै लाइसेन्स देखाएकै भरमा ट्राफिकले मान्ने छैनन्।

    ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारीचालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ।

    सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत कागजात (सरकारी निकायले जारी गर्ने) वा सूचनालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘नागरिक एप’ २०७७ माघमा सार्वजनिक गरेको थियो। नागरिक एपमा नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी लिंक गर्न सकिन्छ। साथै, केही मिनेटमै कार्यालय नै नगइ प्यान नम्बर समेत एपबाटै लिन सकिन्छ।