× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरबाट चोरीएको मोटरसाइकल सहित एक व्यक्ति तनहुँमा पक्राउ

    ११ महिना पहिले

    कार्तिक -१६, मोटरसाइकल चोरी गर्ने १ जनालाई मोटरसाइकल सहित आँबुखैरेनी गाउँपालिकाको बेनिटार प्रहरी चेकपोष्टले नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. -८ बस्तीपुर घर हुने वर्ष ३५ को अनुकेश कुमार चौधरी रहेका छन्।

    वास्तविक नम्बर बा.प्र. ०२-०४१ प २३२९ लाई परिवर्तन गरि बा.प्र. ०२-०४२ प ६७१९ बनाएको रातो पल्सर मोटरसाइकल मुग्लिन देखि आँबुखैरेनी चलाई गइरहेका अवस्थामा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.४ बेनिटार स्थित रहेको चेकपोष्टमा सवारी चेक जाँचको क्रममा मोटरसाइकल सहित चौधरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ।

    उक्त मोटरसाइकल २०८०।०७।१४ गते काठमाण्डौको किर्तिपुर नगरपालिका वडा नं. १० स्थित रहेको त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टि-२० विश्व कप छनोट खेल हेर्न गएका बिधान श्रेष्ठले मैदानको सार्वजनिक पार्किङ स्थानमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको थियो।

    पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकल चोरी मुद्दा अनुसन्धान कारबाहीका लागि प्रहरी वृत्त किर्तिपुर, काठमाण्डौ पठाईएको इप्रका कार्यालय आँबुखैरेनीले जनाएको छ।