× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    त्रिवेणी–मनकामना–छिम्केश्वरी–ईच्छाकामना चार धामको विकासको लागि कात्तिक २१ गते बृहत भेला हुदै ।

    ११ महिना पहिले

    कार्तिक १९, मुग्लिन
    हिन्दू धर्मालम्बीहरुको प्राचीन ग्रन्थ पुराणको हिमबत् खण्डमा उल्लेख भए अनुसार देबाधिदेब शिब भगवान्ले त्रिशुल रोप्दा मूल उत्पन्न भई सिर्जना भएका त्रिशुली नदी र साक्षत गणेश हिमालको काखबाट बगेका मस्र्याङ्दी नदीको पबित्र मिलन बिन्दु मुग्लिङ बेनीमा रहेको गोर्खा जिल्लामा पर्ने प्रसिद्ध त्रिवेणी भगबती, मनकामना मन्दिर, चितवन जिल्लाको ईच्छाकामना गाउँपालिकामा पर्ने ईच्छाकामना मन्दिर र तनहू जिल्लाको छिम्केश्वरी मन्दिरलाई एक आपसमा जोडी धार्मिक सर्किटको रुपमा विकास गर्नको लागि नागरिक स्तरबाट प्रयास चालिएको छ ।

    गाेरखा जिल्लामा पर्ने मनकामना देवीकाे मन्दिर

    नेपालको राजधानी काठमाण्डौलाई सडक मार्गबाट जोडने ट्रान्जिट टाउनको रुपमा परिचित मुग्लिङ बजारको तीन शुरमा रहेका गोर्खा, चितवन र तँनहू जिल्लामा अबस्थित उच्च महाभारत श्रृङखला पहाडको शिरमा अबस्थित मनकामना, ईच्छाकामना र छिम्केश्वरी देवी र पबित्र पाबन नदी त्रिशुली र मस्र्याङ्दी नदीको संगम स्थलको किनारमा अबस्थित त्रिवेणी भगबती सहोदार दिदी बहिनीको नाता सम्बन्ध रहेको मान्ने गरिन्छ । धार्मिक, साँस्कृतिक र भौगोलिक मान्यता र मूल्यको दृष्टिले समेत यी चार देवीहरुको निकटता र पारस्परिक एकता अभिन्न समेत देखिन्छ ।

    चितवन जिल्लामा पर्ने इच्छाकामना देवीकाे मन्दिर

    भारतको प्रसिद्ध बद्रीनाथ, केदारनाथ चार धामकै शैलीमा यी प्रसिद्ध देवीहरुका बीच सम्पर्क गरी विकास गर्ने हो भने यस क्षेत्रमा बर्षमा लाखौ धार्मिक पर्यटकहरुलाई सहजै आकर्षण गर्न सकिने प्रचूर सम्भावना रहेको कुरा यस अभियानका संयोजक एबं अभियन्ता श्री राम बहादुर लामाले हामीलाई बताउनु हुन्छ ।

    तनहुँ जिल्लामा पर्ने छिम्केश्वरि देवीकाे मन्दिर

    यसै बिषयमा केन्द्रित रहेर यी चार देवी अबस्थित रहेका गोर्खा जिल्लाको शहिद लखन , चितवनको ईच्छाकामना, तनहूँको आँबुखैरनी गाउँपालिकाका जनप्रतिनिधि, मन्दिर समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, ब्यापारी र सरोकारवालाहरुका बीच कात्तिक २१ गते मंगलबारका दिन मुग्लिन बजार पारी त्रिवेणी मन्दिर परिसरमा बृहद नागरिक भेला आयोजना गरिएको छ ।

    गाेरखा जिल्लाकाे सबै भन्दा हाेचाे भुमी, मुग्लिन बजार पारी अवस्थित त्रिवेणी भगवती माइकाे मन्दिर

    स्मरण रहोस मनकामना देवीको कान्छी बहिनीको रुपमा परिचित मुग्लिङ पारी गोर्खा जिल्लमा अबस्थित त्रिवेणी भगबनीको जल अर्पण गरे पश्चात मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक पराम्परा रही आएको छ । प्रचार प्रसारको कमीले यस प्रचलन बढ्न नसके तापनि बर्षको मुख्य गुठी पूजा गर्दा मनकामना मन्दिरमा त्रिवेणी देवीबाट लगेको जल अनिबार्य रुपमा अर्पण गर्ने गरिन्छ ।