× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित

    ११ महिना पहिले

    कार्तिक-२०, राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

    यही कात्तिक २२ गते फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहीबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो ।

    तर भूकम्पपछिको मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले राष्ट्रपतिले आफ्नो भ्रमण स्थगित गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

    फ्रान्सको पेरिसमा हुने ‘पीस फोरम’मा सहभागी हुने राष्ट्रपति पौडेलको भ्रमणलाई मन्त्रिपरिषद् बैठकले समते स्वीकृति दिइसकेको थियो ।

    राष्ट्रपति पौडेल यही कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने र फ्रान्सका साथै इटाली भ्रमण सकेर मंसिर १ गते स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको थियो ।