× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मर्स्याङ्दी शिक्षा सदन स्कूलमा तिहार विशेष कार्यक्रम सम्पन्न

    १० महिना पहिले

    कार्तिक-२४, चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन स्थित मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुलमा शुक्रवार तिहार विशेष कार्यक्रम गरेको छ ।

    तिहारको सामाजिक र साँस्कृतिक पक्षको महत्वबारे विद्यार्थीलाई संदेश प्रबाह गर्ने उद्देश्यले रङ्गोली बनाएर पुजा गर्ने, देउसी भैलो खेल्ने एवं भाई टिका सम्बन्धि विधि गर्ने कार्यक्रम आयोजना गरेको विधालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताउनुभयो।

    उनले भने ‘यस किसिमको कार्यक्रमबाट विधार्थीहरुले मौलिक संस्कृति सिक्न, बुझ्न र व्यवहारमा उतार्न सिक्नेछन् ।’

    तिहारको पूर्वसन्ध्यामा स्कुलमा अध्ययनरत बाबुहरुलाई भाइटीका र सयपत्री फूलको माला लगाएर, भाइ मसला दिएर नानीबाबुहरुले तिहार उत्सव मनाएका हुन् । नानीहरुलाई तिहारमा भाइ टीकाको अवसरमा अपनाइने सम्पूर्ण धार्मिक तथा सांस्कृतिक चालचलन अनुसार विधिपूर्वक टीका र माला पहिराउन समेत सिकाइएको थियो । टीका ग्रहणपछि बाबुहरुले नानीहरुलाई टीका लगाई, पाउ पुजेका थिए ।

    त्यसैगरी कक्षा १ देखि कक्षा ९ सम्मका विधार्थीहरु देउसी भैलो प्रतियोगितामा भाग लिनुका साथै विभिन्न साँस्कृतिक गीत, नृत्य एवं लघु नाटक प्रस्तुत गरिएका थिए।

    विधालयमा तिहार विशेष कार्यक्रमका अतिरिक्त दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल सार्वजनिक गरिएको थियो।दोस्रो त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विधार्थीहरुलाई विधालय ब्यबस्थापन समितिका सदस्य विष्णु कुँवर, प्रधानाध्यापक दिपक श्रेष्ठ, अभिभावक प्रतिनिधि विमला आलेले अविर लगाई पुरस्कार वितरण गरेको थिए।