× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

    १० महिना पहिले

    कार्तिक-२७, टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय आजैबाट कार्यान्वयन गर्ने गरी तयारी शुरू भएको छ ।

    टिकटकमाथि प्रतिबन्धको निर्णय भएपछि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण त्यसको तयारीमा जुटिसकेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

    बैठकपछि मन्त्री शर्माले नै टिकटक बन्द गर्ने निर्णयसम्बन्धी जानकारी दिएकी थिइन् ।

    ‘सामाजिक सञ्जाल टिकटकबाट लगातार सामाजिक सद्भाव बिथोल्ने, हाम्रो पारिवारिक संरचना र सामाजिक सम्बन्ध बिगार्ने गरी जुन किसिमको प्रचार भइरहेको छ, सोही कारण तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय क्याबिनेट बैठकले गरेको छ,’ बैठकपछि मन्त्री शर्माले भनिन्, ‘यसका निम्ति प्राविधिकरूपमा व्यवस्था मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन गर्ने निर्णय भएको छ ।

    निर्णय सकेसम्म आजैबाट कार्यान्वयनमा आउने मन्त्री शर्माले बताइन् ।

    ‘आजैबाट बन्द गर्ने भन्ने निर्णय भएको छ । प्राविधिकरूपमा साथीहरू लागिसक्नुभएको छ,’ मन्त्री शर्माले भनिन्, ‘यसमा आईएसपीहरूको पनि सहयोग चाहिन्छ । त्यसका लागि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण तयारीमा गइसकेको छ ।